कुलकुमारी श्रेष्ठको निधनप्रति शोकसन्तप्त परिवारमा समवेदना


  • दिव्यदर्शन
  • शुक्रबार, असोज १६ २०८३
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ — नेत्रावती डबजोङ गाउँपालिका–५, चराङफेदी निवासी स्वर्गीय कुलकुमारी श्रेष्ठको असामयिक निधनप्रति शोक व्यक्त गर्दै आज असोज १६ गते शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी नेत्रावती डबजोङ गाउँपालिका सभापति तथा समाजसेवी उत्तम अधिकारीको नेतृत्वमा सुजन सापकोटालगायतको टोली स्वर्गीय श्रेष्ठको घरमा पुगेर परिवारजनप्रति समवेदना व्यक्त गरेको हो।

टोलीले स्वर्गीय कुलकुमारी श्रेष्ठको सम्झनामा तयार गरिएको ‘हार्दिक श्रद्धाञ्जली’ अंकित फोटो फ्रेम परिवारलाई हस्तान्तरण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको थियो।

श्रेष्ठको २०८३ साल असोज १४ गते असामयिक निधन भएको परिवारले जनाएको छ। उहाँको निधनले परिवार, आफन्त तथा स्थानीय समुदायमा दुःख पुगेको जनाउँदै टोलीले शोकको यस घडीमा परिवारजनलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरेको छ।

स्वर्गीय श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा गहिरो समवेदना।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web