धादिङ,साउन २१
धादिङमा केही सातादेखि डेङ्गी संक्रमणदर बढ्दो क्रममा छ । ३ हप्ताको अवधीमा झण्डै ९ सय जनालाई संक्रमण देखिएको छ ।
शनिबार र आईतबारमात्रै थप १ सय ८ जनामा संक्रमण पुष्टि भएको छ । हिजो शनिबार ५७ जना र आज आईतबार ५१ जना गरी १ सय ८ संक्रमित थपिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाकामा ९० जना, त्रिपुरासुन्दरी गाउँपालिकामा ५ जना, गंगाजमुना गाउँपालिकामा ५ जना, ज्वालामुखी गाउँपालिकामा ४ जना, सिद्धलेक गाउँपालिकामा ३ जना, रुवीभ्याली गाउँपालिकामा १ जनामा संक्रमित रहेका छन्।
साउन १ यता जिल्लामा संक्रमित हुनेको संख्या ८ सय ८५ पुगेको छ। जसमा पुरुष ४ सय ६०, महिला ४ सय २५ जना छन्। हालसम्मको कुल संक्रमितमध्ये ७ सय ८५ जना निलकण्ठ नगरपालिकाका मात्रै छन् ।