धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो अन्तर्राष्ट्रिय महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ। शनिबार धादिङ्बेशीमा सम्पन्न महाधिवेशनले बद्री खतिवडाको अध्यक्षतामा विभिन्न पदाधिकारी तथा सदस्यहरू चयन गरेको हो।
नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र श्रेष्ठ चयन हुनुभएको छ। त्यसैगरी उपाध्यक्षहरूमा बाबुकाजि भण्डारी,पारस भण्डारी,शान्ता सिखडा र विनोद उप्रेती चयन हुनुभएको छ। महिला उपाध्यक्षमा सम्झना भण्डारी चयन हुनुभएको छ।
महासचिवमा कल्याण विक्रम कार्की चयन हुनुभएको छ। सचिवमा दिनेश लोहनी, राजेन्द्र थपलिया, दिवाकर दाहाल,सोमनाथ कँडेल लगायत चयन हुनुभएको उल्लेख छ। महिला सचिवमा कविता दाहाल चयन हुनुभएको छ।
त्यसैगरी कोषाध्यक्षमा रामकुमार थापा र सहकोषाध्यक्षमा दिपक चन्द्र भट्ट तथा छन्द प्रसाद सिलवाल चयन हुनुभएको छ।
युवा संयोजकमा सुदिप सिं बिष्ट र रामहरि तिमिल्सिना चयन हुनुभएको छ। सदस्यहरूमा सुमन बुह परियार, विक्रम गरन्जा, संगम तामाङ, बिष्णुमाया सिखडा, शिव सिटौला, पुष्प लामिछाने, सेल्बा लामा तामाङ र गोविन्द ढाडा मगरलगायत रहनुभएको छ।
नवनिर्वाचित कार्यसमितिले धादिङ जिल्लाको विकास, प्रवासमा रहेका धादिङवासीबीच आपसी एकता, सहकार्य र सामाजिक सेवाका क्षेत्रमा काम गर्ने अपेक्षा गरिएको छ।

