ज्वालामुखी गाउँपालिकामा आ.व.०८२/०८३ को वार्षिक प्रगति समीक्षा सम्पन्न


  • दिव्यदर्शन
  • बुधबार, असोज २८ २०८३
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ। धादिङको ज्वालामुखी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरिएका बजेट तथा कार्यक्रमको वार्षिक प्रगति समीक्षा सम्पन्न गरेको छ। गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूको उपस्थितिमा आज समीक्षा कार्यक्रम सम्पन्न भएको हो।

गाउँपालिका अध्यक्ष यमनाथ दनैको अध्यक्षतामा सम्पन्न समीक्षा कार्यक्रममा उपाध्यक्ष धर्मबहादुर अर्याल, प्रमुख प्रशासकीय अधिकृत हरेराम शाह,प्रशासकीय अधिकृत अनिता छत्कुलीलगायत विभिन्न शाखाका कर्मचारी तथा जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ मा गाउँपालिकामार्फत सञ्चालन गरिएका विभिन्न योजना, कार्यक्रम तथा विकास निर्माणका कार्यहरूको प्रगति अवस्थाबारे समीक्षा गरिएको थियो। साथै, सम्पन्न भएका कामहरूको उपलब्धि, कार्यान्वयनका क्रममा देखिएका चुनौती तथा सुधार गर्नुपर्ने पक्षहरूका विषयमा छलफल गरिएको थियो।

समीक्षाका क्रममा आगामी आर्थिक वर्ष २०८३/८४ मा सञ्चालन गरिने योजना तथा कार्यक्रमलाई थप प्रभावकारी बनाउने, उपलब्ध स्रोतसाधनको उचित उपयोग गर्ने र स्थानीय नागरिकको आवश्यकता तथा प्राथमिकताअनुसार विकासका गतिविधि अघि बढाउने विषयमा समेत छलफल भएको थियो।

वार्षिक प्रगति समीक्षाले गाउँपालिकाबाट सञ्चालित योजना तथा कार्यक्रमको अवस्था पहिचान गर्न, आगामी कार्ययोजना व्यवस्थित बनाउन र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

स्थानीय तहमा सुशासन, पारदर्शिता र जवाफदेहितालाई बलियो बनाउँदै योजनाबद्ध विकास तथा गुणस्तरीय सेवा प्रवाहमा जोड दिन यस्ता समीक्षा कार्यक्रम महत्त्वपूर्ण मानिन्छन्।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web