नेत्रावती डबजोङ–३ मा कांग्रेसको प्रथम बैठक सम्पन्न, अग्रज कार्यकर्ता सम्मानित


  • दिव्यदर्शन
  • मंगलबार, असोज २७ २०८३
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ । नेपाली कांग्रेस नेत्रावती डबजोङ गाउँपालिका वडा नं. ३ को १५औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको प्रथम बैठक तथा अग्रज कार्यकर्ता सम्मान कार्यक्रम सम्पन्न भएको छ।

विजयादशमीको अवसर पारेर आयोजित कार्यक्रममा शुभकामना आदानप्रदान तथा चियापानसमेत गरिएको थियो। कार्यक्रममा पार्टीका अग्रज कार्यकर्तालाई सम्मान गर्नुका साथै आपसी सद्भाव, एकता र भाइचारालाई थप मजबुत बनाउने उद्देश्य राखिएको नेत्रावतीबाट सुरेश वाइबाले जानकारी दिनुभयो ।नेपाली कांग्रेस वडा नं. ३ वडा कार्यसमितीको आयोजनामा आज असोज २७ गते पार्टीको पालिका,जिल्ला तथा केन्द्रिय तहका अग्रज नेता कार्यकर्ताहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा पार्टीलाई बिभिन्न कालखण्डमा योगदान पुर्याउने अग्रज कार्यकर्तालाई खादा र सम्मानपत्रद्धारा सम्मान गरिएको थियो ।यस प्रकारका कार्यक्रमले पार्टी संगठनलाई थप सुदृढ बनाउनुका साथै अग्रज कार्यकर्ताको योगदानको कदर गर्ने र नयाँ कार्यसमितिलाई आगामी दिनमा संगठनात्मक गतिविधि अघि बढाउन प्रेरणा प्रदान गर्ने विश्वास लिइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web