धादिङ ।
धादिङबेँसीमा भोटेकोशी बाढीका कारण बेपत्ता भएकाहरूको सकुशल उद्धारको कामना गर्दै सामूहिक दीप प्रज्वलन गरिएको छ।
भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण बेपत्ता भएकाहरूको सकुशल उद्धार तथा घटनामा ज्यान गुमाएकाहरूको आत्माको चिरशान्तिको कामना गर्दै झिगु नेवाः समाज धादिङको आयोजनामा भदौ १३ गते धादिङबेँसीको बीचबजार चोकमा दीप प्रज्वलन गरिएको हो।
कार्यक्रममा सहभागीहरूले दिवंगतप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता भएकाहरूको शीघ्र र सकुशल उद्धारका लागि प्रार्थना गरेका थिए। सामूहिक दीप प्रज्वलनमार्फत विपद्का कारण प्रभावित परिवारप्रति ऐक्यबद्धता र सहानुभूति समेत व्यक्त गरिएको थियो।

