जन्मदिनमा विद्यार्थीलाई उपहार : चक्रदेवी आ.वि.का बालबालिकालाई स्टेशनरी तथा खेलकुद सामग्री वितरण


  • दिव्यदर्शन
  • मंगलबार, कार्तिक १० २०८३
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ । जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै बागमती प्रदेश सूचना तथा पुनरावेदन समितिका अध्यक्ष एवं अधिवक्ता कृष्णराज अधिकारीले विद्यालयका बालबालिकालाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गर्नुभएको छ।

धादिङको नीलकण्ठ नगरपालिका–५, पहरेछापस्थित चक्रदेवी आधारभूत विद्यालयका बालबालिकालाई अधिकारीले आफ्नो जन्मदिनको अवसरमा स्टेशनरी तथा खेलकुद सामग्री हस्तान्तरण गर्नुभएको हो।

विद्यार्थीहरूको पठनपाठनमा सहयोग पुर्‍याउने तथा उनीहरूको खेलकुद गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले सामग्री वितरण गरिएको हो। यस्ता सहयोगले बालबालिकामा अध्ययनप्रति उत्साह बढाउनुका साथै विद्यालयको शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा समेत सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

जन्मदिनलाई व्यक्तिगत खुसी र उत्सवमा मात्र सीमित नराखी बालबालिकाको शिक्षा र भविष्यसँग जोड्ने अधिकारीको यस कार्यले सामाजिक उत्तरदायित्व र मानवीय सेवाको सकारात्मक सन्देश दिएको छ।

आफ्नो खुसीलाई अरूको मुस्कानसँग जोड्न सक्नु नै वास्तविक खुसी हो। यस्ता सामाजिक तथा प्रेरणादायी कार्यले समाजमा सहयोग, सद्भाव र सेवाभावको संस्कृतिलाई प्रवर्द्धन गर्न मद्दत पुग्ने विश्वास गर्न सकिन्छ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web