नेत्रावती डबजोङ गाउँपालिकाको आयोजनामा “RH Morbidity Screening Camp” अन्तर्गत प्रजनन स्वास्थ्यसम्बन्धी निःशुल्क शिविर आज सम्पन्न भएको हो ।

शिविरमा महिलाहरूका विभिन्न स्वास्थ्य समस्याहरूको पहिचान, परीक्षण तथा उपचार सेवा प्रदान गरिएको थियो ।त्यस्तै पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ, स्तन क्यान्सर परीक्षण, आँखा सम्बन्धी समस्या पहिचान, पिसाब चुहिने समस्या, तल्लो पेट दुखाइको उपचार तथा भिडियो एक्सरे सेवासमेत दिइएको थियो ।

यो शिविर २०८२ साल चैत २७ गते सुरु भई आज २९ गतेसम्म क्रमशः कटुन्जे स्वास्थ्य चौकी, सेमजोङ स्वास्थ्य चौकी र नेत्रावती डबजोङ अस्पतालमा सञ्चालन गरी समापन गरिएको हो ।स्थानीय महिलाहरूलाई यस शिविरबाट धेरै लाभ पुगेको गाउँपालिकाको बिश्वास छ ।

