धादिङ ।
त्रिपुरासुन्दरी गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मनिर्भर बनाउने उद्धेश्यले तीन दिने “बाटेको धूप बनाउने तालिम” प्रदान गरेको छ ।अपाङ्गता पुनर्स्थापना समाज, धादिङको आयोजनामा तथा त्रिपुरासुन्दरी गाउँपालिकाको सहयोगमा भएको तालिम फाल्गुन २ गतेदेखि ४ गतेसम्म सञ्चालन भएको थियो ।समापन समारोहमा त्रिपुरासुन्दरी गाउँपालिकाका उपाध्यक्ष देबराज धरेलले तालिमको प्रभावकारिता उल्लेख गर्दै सहभागीहरूलाई निरन्तर अभ्यास गरेर स्वरोजगार बन्न प्रेरित गर्दै भविष्यमा पनि यस्ता सीप विकास तालिम सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।तालिममा सहभागीहरूले सिकेको सीपलाई प्रयोग गरेर व्यवसायिक रूपमा अगाडि बढ्ने इच्छा व्यक्त गरेका छन्।महिला बालबालिका, अपाङ्ग तथा जेष्ठ नागरिक शाखाको संयोजक एबं गाउँपालिका उपाध्यक्ष देबराज धरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष राजु उप्रेतीको प्रमुख अतिथ्यता रहेको थियो ।त्यस्तै शाखा प्रमुख बिना सिटौला, संचालन संस्थाका अध्यक्ष अस्बिन लम्साल लगायतको आतिथ्यता रहेको थियो ।



