काठमाडौं ।
तामाङ समुदायको मौलिक संस्कृति, परम्परा र चाडपर्वलाई गीत–संगीतमार्फत संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित नयाँ तामाङ तिहार गीत सार्वजनिक गरिएको छ।
सुनीता वाइबाको प्रस्तुति रहेको ‘‘भलभल सङ्गे भै लोक्के’शीर्षकको उक्त गीतको अफिसियल अडियो सार्वजनिक गरिएको हो। गीतमा सुनीता वाइबासहित सीता, मीना, सुमन मर्नेन, शिरोङ, शैलापलगायतका गायक–गायिकाको स्वर रहेको पोस्टरमा उल्लेख छ।Youtube Link: https://youtu.be/GAPaiW30gK4?si=I76ywq08oss5nBMw
गीतको शब्द तथा संगीत सुनीता वाइबाले नै तयार पारेकी हुन्। गीतमा बालगायक–गायिकाहरूको समेत सहभागिता रहेको छ।
तामाङ समुदायको मौलिक पहिचान, भेषभूषा, संस्कृति र चाडपर्वको महत्वलाई गीत–संगीतमार्फत उजागर गर्ने प्रयासका रूपमा यस गीतलाई लिन सकिन्छ।
तिहारको उल्लाससँगै तामाङ संस्कृति र सांगीतिक पहिचानलाई जोड्ने अपेक्षा गरिएको यस गीतले श्रोतामाझ राम्रो स्थान बनाउने विश्वास गरिएको छ।
