आदिवासी जनजाति महिलाको सशक्त प्रतिनिधित्वका लागि सीता चोदेनको उम्मेदवारी


  • दिव्यदर्शन
  • सोमबार, असोज १२ २०८३
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ ।

नेत्रावती डबजोङ गाउँपालिकाकी उपाध्यक्ष तथा नेपाल गाउँपालिका महासंघकी केन्द्रीय सदस्य सीता गुरुङ चोदेन नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधि पदका लागि आदिवासी जनजाति महिलातर्फबाट उम्मेदवार बन्नुभएको छ।

स्थानीय तहमा जनप्रतिनिधिका रूपमा काम गर्दै आउनुभएकी चोदेनको उम्मेदवारीलाई महिला नेतृत्व, समावेशी प्रतिनिधित्व र आदिवासी जनजाति महिलाको आवाजलाई राष्ट्रिय तहसम्म पुर्‍याउने प्रयासका रूपमा हेरिएको छ।

स्थानीय सरकारको अनुभवसँगै नेपाल गाउँपालिका महासंघमा समेत भूमिका निर्वाह गर्दै आउनुभएकी चोदेनले स्थानीय तहका जनताका सवाल, महिला सहभागिता र समावेशी नेतृत्वका विषयलाई पार्टीको राष्ट्रिय तहसम्म जोड्ने अपेक्षा गरिएको छ।

आदिवासी जनजाति महिलाको अर्थपूर्ण सहभागिता र नेतृत्व विकासका लागि आफ्नो उम्मेदवारी प्रस्तुत गर्नुभएकी चोदेनले महाधिवेशन प्रतिनिधिहरूबाट साथ, सहयोग र विश्वासको अपेक्षा गर्नुभएको छ।

समावेशी नेतृत्व, महिला सहभागिता र जनताको आवाजलाई प्राथमिकतामा राख्दै सीता गुरुङ चोदेनको उम्मेदवारी अहिले नेपाली कांग्रेसको महाधिवेशनसँगै चर्चामा छ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web