धादिङ । गजुरी गाउँपालिकामा स्थानीय नागरिकले बाटोमा फेला पारेको सुनचाँदीका गरगहना प्रहरीलाई बुझाएका छन्।
गजुरी गाउँपालिका–६ का स्थानीय रामबहादुर तामाङले फेला पारेका सुनचाँदीका गरगहना तथा अन्य सामान वडा अध्यक्ष भक्तबहादुर तामाङको रोहबरमा अस्थायी प्रहरी पोस्टका प्रहरी प्रमुखलाई बुझाइएको हो।
फेला परेको सामग्री सुरक्षित रूपमा प्रहरीलाई बुझाउँदै स्थानीयले जिम्मेवार नागरिकको उदाहरण प्रस्तुत गरेका छन्। प्रहरीलाई बुझाइएको सामग्री आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित धनीको पहिचान तथा जिम्मा लगाउने प्रक्रिया अघि बढाइने जनाइएको छ।
यस घटनाले फेला परेको बहुमूल्य सामान सम्बन्धित निकायलाई बुझाएर इमानदारी र जिम्मेवारी प्रस्तुत गर्नुपर्ने सन्देश दिएको छ।

