स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न


  • दिव्यदर्शन
  • बिहिबार, भाद्र ११ २०८३
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङबेशी । नीलकण्ठ नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको पालिकास्तरीय वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ।

धादिङबेशीमा दुई दिनसम्म सञ्चालन भएको गोष्ठीमा नगरपालिकाअन्तर्गत सञ्चालन गरिएका विभिन्न स्वास्थ्य कार्यक्रमहरूको प्रगति, उपलब्धि तथा कार्यान्वयनका क्रममा देखिएका चुनौतीबारे समीक्षा गरिएको थियो।

कार्यक्रममा स्वास्थ्य क्षेत्रका आगामी योजना, प्राथमिकता र सुधारका विषयमा छलफल गर्दै आगामी आर्थिक वर्षमा स्वास्थ्य सेवाको प्रभावकारिता थप बढाउने गरी योजना तर्जुमा गरिएको जनाइएको छ।

गोष्ठीमा नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी तथा स्वास्थ्य संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। समीक्षा कार्यक्रमले विगतका गतिविधिको मूल्याङ्कनसँगै आगामी स्वास्थ्य कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web