धादिङ । गायिका तथा कलाकार सुनिता वाइबाको प्रस्तुतिमा नयाँ गीत ‘नारीको तिज’ सार्वजनिक भएको छ। गीतमा रितु तामाङ र सुनिता वाइबाको स्वर रहेको छ।
सुनिता वाइबाको प्रस्तुति रहेको गीतको शब्द तथा संगीत पनि वाइबाकै रहेको छ। गीतको एरेन्ज पवन वाङ लामाले गरेका छन् भने मिक्स तथा मास्टरिङ वाङच्यु फ्युबाले गरेका छन्। गीतको रेकर्डिङ फ्युबा स्टुडियोमा गरिएको जनाइएको छ।
गीतको भिडियोमा सुनिता वाइबा र रितु तामाङसँगै तुलाशा ढुङगाना,मार्नेन वाइबा, सिरोङ मनाङथेन, राजकुमार कालिकोटे, यशोदा थापा र माया तामाङको समेत सहभागिता रहेको छ।
भिडियोको निर्देशन सुनिता वाइबाले गरेकी छन् भने कोरियोग्राफी अनिल राईको रहेको छ। छायांकन उमेश शाह, सम्पादन तथा कलर तेकेन्द्र शाह र पोस्ट प्रोडक्सन लामलाइट नेपालले गरेको छ। मेकअपमा सोम मगराती रहेका छन्।
नेपाली मौलिकता, महिला सहभागिता र सांस्कृतिक पहिचानलाई प्रस्तुत गर्ने उद्देश्यसहित तयार पारिएको गीत सार्वजनिक पछि दर्शक तथा स्रोतामाझ नयाँ सांगीतिक प्रस्तुति पुग्ने अपेक्षा गरिएको छ।
Youtube link: https://youtu.be/3f4MLHb-9TY?si=merdqoLlDwQ6Gw9O

