लोकतान्त्रिक अभ्यासमा एडभान्स एकेडेमी एक कदम अगाडि


  • दिव्यदर्शन
  • शुक्रबार, बैशाख २५ २०८३
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ/-

धादिङ जिल्लाको प्रतिष्ठित शैक्षिक संस्था एडभान्स एकेडेमी मा आज विद्यार्थी निर्वाचन कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। विद्यालयमा लोकतान्त्रिक अभ्यासलाई व्यवहारमै उतार्ने उद्देश्यले आयोजना गरिएको उक्त निर्वाचनमा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।

विद्यालयमा स्कुल कप्तान, स्कुल उपकप्तान, सदन क्याप्टेन, सदन उपकप्तान, कक्षागत क्याप्टेन तथा उपकप्तानका साथै ACCA र युवा रेडक्रस सर्कल का पदाधिकारी चयनका लागि मतदान गरिएको हो। कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरूले मतदानमा सहभागी भई आफ्नो मताधिकार प्रयोग गरेका थिए।

मतदान अधिकृत प्रकाश कुमार श्रेष्ठले विद्यार्थीहरूलाई निर्वाचनको वास्तविक प्रक्रिया बुझाउन विद्यालयले यस्तो अभ्यास गर्दै आएको बताउनुभयो। उहाँका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई मतदानको महत्व, नेतृत्व छनोट प्रक्रिया तथा लोकतान्त्रिक संस्कारबारे गहिरो ज्ञान दिन्छ।

विद्यालयका प्रिन्सिपल भिम बहादुर श्रेष्ठले विद्यालय शिक्षा केवल किताबमा सीमित नरही व्यवहारिक जीवनसँग जोडिनुपर्ने धारणा राख्नुभयो। उहाँले यस्ता निर्वाचन कार्यक्रमले विद्यार्थीहरूलाई भविष्यका सक्षम नेतृत्वकर्ता बन्न प्रेरणा दिने बताउनुभयो। निर्वाचनको अन्तिम नतिजा सोमबार सार्वजनिक गरिने विद्यालयले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web