धादिङ ।
पुछार बजार स्थित जिल्लाकै नमुना विधालय, न्यु किबो बोर्डिङले विश्व रेडक्रस दिवसको अवसरमा साघुटार क्षेत्र वरिपरि र कृष्ण मन्दिर क्षेत्रमा सरसफाई कार्यक्रम संचालन गरेको छ । विधालयका अतिरिक्त क्रीयाकलाप संयोजक अनुप भट्टका अनुसार युथ सर्कल रेडक्रस, न्यु किबो बोर्डिङ स्कुलको आयोजना र न्यु किबो बोर्डिङ स्कुल, जिल्ला रेडक्रस कार्यलय, धादिङ र साघुटार टोल सुधार समितीको समन्वय र सहयोगमा उक्त कार्यक्रम सम्पन भएको थियो। युथ रेडक्रस सर्कल, न्यु किबो बोर्डिङ स्कुलमा आबद्ध करिब ५० जना विधार्थीहरु, शिक्षक नायक मनिषा लम्साल, शिक्षक सह- नायक सन्तोष श्रेष्ठ लगायत शिक्षक सदस्यहरु उक्त कार्यक्रममा सहभागी थिए। त्यसै गरि विधालयले शुक्रबारलाई विशेष रुपमा “बुक फ्री फ्राइडे” अन्तर्गत प्री- प्राइमरी तह तर्फ रातो रङको थिममा आधारित भएर “Real Objects” हरु नै लेराएर “Red Day Celebration” पनि गरेको छ।त्यसैगरी कक्षा १ देखि १० सम्म “English Handwriting Competition” पनि संचालन गर्दै शुक्रबारलाई विशेष बनाएको कुरा भट्टले बताउनु भयो। विधालयका प्रधानाध्यापक, प्रयास रेग्मिले विधालयले सैद्धान्तिक पाटोलाई मात्रै प्राथमिकतमा नराखी वर्तमान समयानुसार विधार्थीहरुको सर्वाङिण पक्षलाई विकास गराउने उदेश्यले विधालयले समयानुसार विभिन्न गतिबिधी संचालन गर्दै आएको कुरा जानकारी दिनुभयो। प्रधानाध्यापक रेग्मिले विधार्थीहरुलाई पनि आगमी कार्यक्रमहरुमा झन सक्रिय रुपमा सहभागी हुदै भविष्यमा एउटा सभ्य,व्यबहारिक,असल र कर्तव्यनिष्ठ नागरिकको पहिचान दिनुहुन पनि प्रेरीत गर्नुभयो।
