बाटो र घर निर्माणमा सहयोग, अधिकारी बने स्थानीयका आशा


  • दिव्यदर्शन
  • शनिबार, चैत्र २१ २०८२
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ ।

नेत्रावती डबजोङ गाउँपालिकामा समाजसेवी उत्तम कुमार अधिकारीले पुनः सहयोगको उदाहरण प्रस्तुत गर्नुभएको छ। उहाँले वडा नं. ४ कल्लेरीस्थित जाल्पादेवी मन्दिर जाने गोरेटो बाटो निर्माणका लागि रु. ५०,००५ सहयोग गर्नुभएको छ, जसले स्थानीय आवतजावत र धार्मिक गतिविधिमा सहजता ल्याउने अपेक्षा गरिएको छ।

त्यस्तै, उहाँले थर्पुभञ्ज्याङकी राममाया श्रेष्ठको घर पुनर्निर्माणका लागि रु. २५,००५ सहयोग गर्नुभएको छ। आर्थिक अवस्था कमजोर रहेको श्रेष्ठ परिवारको घर सडक विस्तारका कारण पुनर्निर्माण गर्नुपर्ने अवस्था आएको थियो।

अधिकारी शिक्षा लगायत विभिन्न सामाजिक क्षेत्रमा सक्रिय रहँदै आउनुभएको छ। उहाँले आफ्ना मातापिताको नाममा अक्षयकोष स्थापना गरी छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्दै विपन्न विद्यार्थीहरूलाई सहयोग गर्दै आउनुभएको छ। उहाँको योगदानले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web