धादिङ। प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै धादिङ जिल्ला निर्वाचन क्षेत्र नम्बर २ का रास्वपा उम्मेदवार बोधनारायण श्रेष्ठले भोलि फागुन ५ गते घरदैलो तथा मतदाता भेटघाटमा नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का विभिन्न बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रम तय गरिएको जनाइएको छ।
घरदैलो कार्यक्रम पुच्छार बजार, साँघुटार, एमाले चोक, फिल्म हल चोक, कसाई टोल, माले बगर, पहारे चौतारा, मिलन टोल, आर.के. टोल, बीच बजार, त्रिवेणी चोक, अस्पताल पछाडि, माख्लो मिलन टोल, आर्मी क्याम्प पछाडि, सिरान बजार, जरेवर र इजारा लगायतका स्थानमा सञ्चालन गरिनेछ।
कार्यक्रमका क्रममा श्रेष्ठले स्थानीयवासीका समस्या, अपेक्षा र सुझाव संकलन गर्ने तथा आफ्ना प्रतिबद्धता प्रस्तुत गर्ने जनाइएको छ। निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरूले घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन्।
