पुकुन आधारभूत विद्यालयका ५० जना विद्यार्थीलाई न्यानो कपडा वितरण


  • दिव्यदर्शन
  • मंगलबार, पुष २९ २०८२
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ /गजुरी गाउँपालिका वडा नं. ६ मा अवस्थित पुकुन आधारभूत विद्यालयमा अध्ययनरत ECD देखि कक्षा ५ सम्मका गरिब, जेहेन्दार तथा सिमान्तकृत समुदायका ५० जना विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको छ।

जाडो मौसमका कारण विद्यार्थीहरूको स्वास्थ्य र पठनपाठनमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै गजुरी–६ आदमघाट निवासी समाजसेवी जगत रेग्मीको समन्वयमा काठमाडौं महानगरपालिका–१४ निवासी होमनाथ सुबेदीले उक्त सहयोग उपलब्ध गराएका हुन्।

विद्यालय परिसरमा आयोजित कपडा वितरण कार्यक्रममा गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ, अध्यक्षकी जीवन संगिनी संगिता श्रेष्ठ, गाउँपालिका सरकारका प्रवक्ता तथा गजुरी–७ का वडा अध्यक्ष बद्री प्रसाद जम्कटेल, गजुरी–६ का वडा अध्यक्ष भक्त बहादुर (कर्ण) तामाङ, वडा सदस्य संगिता चेपाङ लगायत अभिभावक, समाजसेवी, बुद्धिजीवी तथा शिक्षक/शिक्षिकाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै वक्ताहरूले शिक्षामा पहुँच बढाउन र विद्यार्थीहरूलाई विद्यालयमै टिकाइराख्न यस्ता सहयोगात्मक कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए। सहयोगी दाताप्रति आभार व्यक्त गर्दै विद्यालय प्रशासनले यस प्रकारका सामाजिक उत्तरदायित्वका कार्यले समुदाय र विद्यालयबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेको छ।

विद्यालयका प्रधानाध्यापक हरिशरण तामाङले जाडो मौसममा विद्यार्थीहरूको स्वास्थ्य संरक्षण तथा नियमित पठनपाठनमा सहयोग पुर्‍याउने उद्देश्यले प्रदान गरिएको न्यानो पोशाक सहयोगप्रति दाताहरूलाई हार्दिक धन्यवाद ज्ञापन गरेका छन्। साथै भविष्यमा पनि यस्ता सहयोग र स

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web