गंगाजमुनाको फुलखर्कमा १६ दिने लैगिक हिंसा बिरुद्धको अभियानमा सचेतनामलक कार्यक्रम


  • दिव्यदर्शन
  • बिहिबार, मंसिर २६ २०८२
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान २०८२ अवसरमा गंगा जमुना गाउँपालिकाको प्राङ्गणमा “महिला समूहद्वारा पञ्चेबाजा प्रस्तुतीकरण कार्यक्रम” बुधवार सम्पन्न भयो। “प्रविधिको सही उपयोग गरौँ: लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा सात वटा महिला समूहहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रम गंगा जमुना गाउँपालिकाको आयोजनामा,आड्रा नेपालको सहयोगमा प्रयास नेपाल धादिङले सञ्चालन गर्दै आएको उत्थानशील जिविकोपार्जन तथा खाद्य सुरक्षा सुढृढिकरण परियोजना सहकार्यमा सम्पन्न गरिएको हो। महिला समूहहरूले पञ्चेबाजाको सांस्कृतिक प्रस्तुतीमार्फत लैङ्गिक हिंसा, डिजिटल हिंसा र प्रविधिको दुरुपयोगबारे समुदायमा सचेतना फैलाउने उद्देश्य प्रस्तुती गरिएको आयोजकले बताएका छन् । कार्यक्रमका सहभागी महिला समूहहरूले पञ्चेबाजाको सांस्कृतिक प्रस्तुतीमार्फत लैङ्गिक हिंसा, डिजिटल हिंसा र प्रविधिको दुरुपयोगबारे जनचेतना फैलाउने सन्देश सहितको प्रस्तुति राखेका थिए। उनीहरूले सामुदायिक महिलाहरूको सक्रियतामार्फत सामाजिक रूपान्तरण सम्भव हुनेमा जोड दिएका थिए। कार्यक्रममा गंगा जमुना गाउँपालिका वडा नं. ३, ४ र ५ का वडाध्यक्षहरू क्रमश : राज कुमार गुरुङ, प्रेम बहादुर घले ,कुमार बहादुर अधिकारी ,गाउँपालिका कार्यपालिका सदस्यहरू, महिला तथा बालबालिका शाखा प्रमुख ईन्द्र कुमारी श्रेष्ठ सहित पालिका कर्मचारी, प्रहरी चौकी प्रमुख, प्रयास नेपाल धादिङका लैङ्गिक सहायक शर्मिला गुरुङ सहित कर्मचारीहरु र विभिन्न सरोकारवालाको उपस्थिति रहेको थियो। कार्यक्रममा झन्डै ५ सय जना सहभागी रहेको फुलखर्कबट कविता सापकोटाले जानकारी दिनु भयो ।

source:Bagmatikalam

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web