नागढुङ्गा–मलेखु सडकखण्ड मंसिर २४ देखि पुस १ गतेसम्म दैनिक पाँच घण्टा बन्द


  • दिव्यदर्शन
  • सोमबार, मंसिर २३ २०८२
  • पढ्न लाग्ने समय < 1 मिनेट

काठमाडौँ — नागढुङ्गा–मलेखु सडक खण्ड मंसिर २४ गतेदेखि पुस १ गतेसम्म आंशिक रूपमा बन्द हुने भएको छ। सडक कालोपत्र तथा स्तरोन्नति कार्यलाई तीव्रता दिन दैनिक पाँच घण्टा सवारी आवागमन रोक्ने निर्णय गरिएको नागढुङ्गा–मुग्लिन सडक आयोजनाले जनाएको छ।

काठमाण्डौ र धादिङ जिल्लाका प्रशासन कार्यालय तथा सडक आयोजनाले जारी गरेको सूचनाअनुसार नागढुङ्गादेखि पिप्लामोडसम्म र पोखरेभिर क्षेत्रमा बिहान १०:३० बजेदेखि दिउँसो ३:३० बजेसम्म सवारी साधन चल्न नपाउनेछ। उक्त अवधिमा यात्रु तथा चालकहरूलाई वैकल्पिक सडकमार्ग प्रयोग गर्न तथा यात्रा समय अघि वा पछि मिलाउन अनुरोध गरिएको छ।

वैकल्पिक सडकमार्ग

  • साना तथा मझौला सवारी:
    • सीतापाईला–भिमढुङ्गा–रामकोट–धार्के
    • सामाखुसी–टोखा–छहरे–त्रिशूली–गल्छी हुँदै जरेखेतबाट त्रिशूलीको पुल पार गरेर घाटबेसीको पुलतर्फ
      यी मार्गहरू अत्यावश्यक अवस्थामा प्रयोग गर्न सकिनेछन्।
  • अत्यावश्यक सेवाका गाडी (एम्बुलेन्स, सुरक्षा निकायका गाडी, दमकल, शववाहन):
    • ट्राफिक प्रहरीको समन्वयमा चल्न अनुमति रहनेछ।

किन बन्द गर्नुपर्यो?

त्रिभुवन राजपथअन्तर्गत पर्ने नागढुङ्गा–नौबिसे सडकखण्ड कालोपत्र तथा स्तरोन्नतिको अन्तिम चरणमा छ। काठमाडौ भित्र पर्ने नागढुङ्गा–पिप्लामोड भाग निकै साँघुरो भएकाले एकै पटकमा भारी मेशिनरी र ढुवानीका साधन परिचालन गर्नुपर्ने हुँदा प्राथमिकताका साथ काम भइरहेको छ।

त्यसैगरी, धादिङको गल्छी–गजुरी खण्ड पनि साँघुरो र जोखिमपूर्ण भएकाले पोखरेभिर क्षेत्रमा सडक चौडाइ बढाउने काम चलिरहेको आयोजनाले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web