निर्बाचनका लागि दल दर्ताको आज अन्तिम दिन अहिलेसम्म ८० दल दर्ता


  • दिव्यदर्शन
  • बुधबार, मंसिर ११ २०८२
  • पढ्न लाग्ने समय < 1 मिनेट

काठमाण्डौ – निर्वाचन आयोगले चुनावमा भाग लिन दल दर्ताका लागि आह्वान गरेअनुसार आज अन्तिम दिन रहेको छ ।आयोगले प्रतिनिधिसभा सदस्य चुनावका लागि दल दर्ता गर्ने समय गएको मंसिर १ देखि आज १० गतेसम्मका लागि तोकेको हो । त्यसअनुसार हिजोसम्म दर्ता भएका दलहरुको संख्या ८० वटा पुगेको छ । दल दर्ताको अवधि सकिनु एक दिनअघि हिजो एमालेले पनि प्रतिनिधिसभा चुनाव प्रयोजनका लागि दल दर्ता गराएको छ ।निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार चुनाव प्रयोजनका लागि दर्ता हुने दलको संख्या कांग्रेस, एमालेसहित ८० वटा पुगेको छ । दर्ता भएका दलहरुले आउँदो फागुन २१ का लागि तोकिएको चुनावमा भाग लिन पाउनेछन् ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web