चुनावका लागि ६४ दल दर्ता,भोलिसम्मको समयसीमा निर्धारण


  • दिव्यदर्शन
  • मंगलबार, मंसिर १० २०८२
  • पढ्न लाग्ने समय < 1 मिनेट

काठमाण्डौ – आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा चुनावका लागि अहिलेसम्म ६४ वटा राजनीतिक दल दर्ता भएका छन् ।निर्वाचन आयोगका अनुसार हिजो आठवटा राजनीतिक दल दर्ता भएका हुन् । अस्तिसम्म ५६ वटा राजनीतिक दल दर्ता भएकोमा हिजो थपिएका आठसहित ६४ राजनीतिक दल पुगेको आयोगले जनाएको छ ।आयोगमा कूल एक सय ३५ राजनीतिक दल दर्ता भएकोमा चुनाव प्रयोजनका लागि भोलिसम्म पुनःआवेदन दिइसक्नुपर्ने आयोगले जनाएको छ । आयोगले प्रतिनिधिसभा चुनावमा भाग लिन चाहने राजनीतिक दललाई दर्ताका लागि भोलिसम्मको समयसीमा निर्धारण गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web