धादिङ ।
धादिङबेसीमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको पूर्वसन्ध्यामा दीप प्रज्वलन, लैङ्गिक हिंसा विरुद्ध प्रतिवद्धता गर्दै कार्यक्रम गरिएको छ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको पूर्वसन्ध्यामा नीलकण्ठ नगरपालिकाको संयोजन तथा नेपाल पत्रकार महासंघ सहित विविध संघ–संस्थाको सहकार्यमा दीप प्रज्वलन गरिएको हो। आज सोमबार साँझ धादिङबेसीस्थित क्याम्पस चोकमा आयोजित कार्यक्रममा सहभागीहरूले दीप प्रज्वलन गर्दै लैङ्गिक हिंसा उन्मूलनका लागि एकजुट हुनुपर्नेमा जोड दिएका छन् । प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीको अध्यक्षतामा भएको दिप प्रज्वलन कार्यक्रममा लिंगका आधारमा हुने हिंसाको दर हेर्दा महिला बढि पिडित हुने गरेकोले सबै किसिमको लैंगिक हिंसा अन्त्य गर्न सरकारी र गैरसरकारी प्रयास हुनुपर्ने बताउनुभयो । कार्यक्रममा स्थानीय तहका प्रतिनिधि, पत्रकार, नागरिक समाजका व्यक्तिहरू, विद्यार्थी तथा युवाहरूको सक्रिय उपस्थिति रहेको थियो। सहभागीहरूले लैङ्गिक हिंसा विरुद्ध निरन्तर आवाज उठाउँदै सचेतनामूलक गतिविधि सशक्तरुपमा संचालन गरिने प्रतिबद्धता व्यक्त गरिएको छ ।
