नेपाल पत्रकार महासंघ धादिङलाई कम्प्यूटर हस्तान्तरण


  • दिव्यदर्शन
  • सोमबार, मंसिर ९ २०८२
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ । नेपाल पत्रकार महासंघ धादिङ शाखालाई एक सेट डेस्कटप कम्प्युटार उपलब्ध भएको छ । संचारकर्मीहरुको साझा थलो नेपाल पत्रकार महासंघको कार्यालयमा कम्प्युटर उपलब्ध गराइ सहकार्य गर्नका लागि सनराइज कम्प्युटरका प्रोपाइटर कृष्ण श्रेष्ठले एक थान डेस्कटप कम्प्युटर उपलब्ध गराउनुभएको हो । नेपाल पत्रकार महासंघमा कम्प्युटर हस्तान्तरण गर्दै संचारकर्मीहरुलाई काम गर्न संस्थागत रुपमा सहज होस भनेर कम्प्युटर उपलब्ध गराइएको सहयोगि श्रेष्ठले बताउनुभयो । संचार क्षेत्रलाई कम्प्युटर उपलब्ध गराएर सहयोग गर्ने श्रेष्ठलाई महासंघले धन्यवाद दिँदै संस्थागत विकास र संचारकर्मीको सहजताका लागि उपलब्ध सहयोगबाट काम कार्यालय व्यवस्थापनमा योगदान पुगेको नेपाल पत्रकार महासंघका सचिव शन्तोषराज श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web