जनस्वास्थ्य कार्यालय धादिङ बागमती प्रदेशभरिमा दोस्रो हुन सफल


  • दिव्यदर्शन
  • मंगलबार, मंसिर ३ २०८२
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ,
जनस्वास्थ्य कार्यालय, धादिङले स्वास्थ्य कार्यक्रमहरूको प्रदेशस्तरीय वार्षिक समीक्षा कार्यक्रममा बागमती प्रदेशभरिमा दोस्रो स्थान हासिल गर्न सफल भएको छ। तथ्याङ्कको आधारमा मूल्यांकन गरिएको त्यस कार्यक्रममा धादिङको प्रदर्शन उल्लेखनीय देखिएको जनाएका छन्।

जनस्वास्थ्य कार्यालयले उक्त सफलतामा सहयोग पुर्‍याउने स्वास्थ्य मन्त्रालय, बागमती प्रदेश, हेटौंडाका माननीय स्वास्थ्य मन्त्री, सचिव, निर्देशनालय तथा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशकहरू, साथै जनप्रतिनिधि, साविकका कार्यालय प्रमुख, सञ्चारकर्मी लगायत सबै पक्षप्रति कृतज्ञता व्यक्त गरेको छ।

कार्यालयका अनुसार फोकल पर्सन, कार्यालयका कर्मचारी, स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख, स्वास्थ्य संस्था–इन्चार्ज तथा विभिन्न तहमा खटिएका स्वास्थ्यकर्मीहरूको निरन्तर परिश्रम नै प्रदेशस्तरीय उत्कृष्टतामा मुख्य कारण बनेको हो।

धादिङले पछिल्ला वर्षहरूमा मातृस्वास्थ्य, रोग नियन्त्रण, स्वास्थ्य प्रवर्धन लगायतका क्षेत्रमा उल्लेखनीय काम गर्दै आएको छ। यसपटक प्राप्त गरेको यो उपलब्धिलाई स्वास्थ्य क्षेत्रको निरन्तर प्रगतिको महत्वपूर्ण संकेतका रूपमा लिइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web