काठमाडौँमा र्‍याली, सभा र प्रदर्शनमा रोक


  • दिव्यदर्शन
  • शुक्रबार, असोज २४ २०८२
  • पढ्न लाग्ने समय 2 मिनेट

उपत्यका
काठमाडौँमा र्‍याली, सभा र प्रदर्शनमा रोक
जिल्ला प्रशासन कार्यालय काठमाडौँले शान्ति सुरक्षामा चुनौती बढ्ने भन्दै असोज २५ गतेका सबै र्‍याली, सभा र प्रदर्शनमा अनुमति नदिने निर्णय गरेको छ।
आश्विन २४, २०८२

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले शनिबारका लागि सबै प्रकारका मोटरसाइकल र्याली, सभा र प्रदर्शनमा प्रतिबन्ध लगाएको छ।
प्रशासनले शान्ति–सुरक्षा र सार्वजनिक सम्पत्तिको संरक्षणका लागि पूर्वस्वीकृति विना कुनै कार्यक्रम नगर्न आग्रह गरेको छ।
युवा संघले कोटेश्वर–तीनकुनेमा मोटरसाइकल र्याली आयोजना गर्ने तयारी गरेको थियो।
यो सारांश ब्क्ष् द्वारा सिर्जना गरिएको हो।
काठमाडौँ — काठमाडौँमा विभिन्न समूहले शनिबार आयोजना गर्ने भनिएको मोटरसाइकल र्‍याली, सभा र प्रदर्शनमा जिल्ला प्रशासन कार्यालयले प्रतिबन्ध लगाएको छ । असोज २५ गते शनिबार नेकपा एमाले निकट युवा संघले मोटरसाइकल र्‍यालीको आयोजना गरेको छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलद्वारा शुक्रबार जारी सूचनामा भनिएको छ— ‘फरक–फरक समूहहरूले मिति २०८२ असोज २५ गते शनिबारका दिन काठमाडौँ जिल्लाका विभिन्न स्थानमा मोटरसाइकल र्‍याली तथा सभा गर्ने सूचना प्राप्त भएको छ । यस कार्यालयबाट त्यस प्रकारका कुनै पनि र्‍याली, प्रदर्शन, जुलुस वा सभा गर्न कोही कसैलाई स्वीकृति प्रदान नगरिने निर्णय गरिएको छ ।’

गत भदौ २३ गतेको जेन–जेड आन्दोलनपछि तोडफोड, आगजनी र सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुगेका घटनालाई स्मरण गर्दै प्रशासनले शान्ति–सुरक्षा कायम राख्न र सार्वजनिक सम्पत्तिको संरक्षण गर्न यस्तो निर्णय गरेको जनाएको छ ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ ९क० र प्रहरी ऐन २०१२ को दफा १९ बमोजिम पूर्वस्वीकृति विना कुनै पनि प्रकारका कार्यक्रम नगर्न नगराउन सबैलाई आग्रह गरिएको छ सूचनामा भनिएको छ,विभिन्न समूहहरुबाट हुने भनिएका (याली, जुलुश, धर्ना, सभा र प्रदर्शन जस्ता गतिविधिहरुले सुरक्षा चुनौति बढाउन सक्ने र आम नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने कार्यमा थप जटिलताको अवस्था हुन जाने भएको हुँदा यस कार्यालयबाट त्यस प्रकारका कुनै पनि (याली, प्रदर्शन जस्ता कार्यक्रम गर्न कोही कसैलाई पनि स्वीकृति प्रदान नगर्ने भनी निर्णय भएको छ । अतः पूर्व स्वीकृति विना कुनै पनि प्रकारका कार्यक्रमहरु नगर्न नगराउनु हुन स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ को देहाय खण्ड ९क० र प्रहरी ऐन २०१२ को दफा १९ को व्यवस्था बमोजिम यो सूचना सम्बद्ध सबैलाई जानकारीका लागि प्रेषित गरिएको छ ।

युवा संघले शनिबार कोटेश्वर(तीनकुनेमा १ बजे मोटरसाइकल र्‍याली आयोजना गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web