• दिव्यदर्शन
  • शुक्रबार, भाद्र १३ २०८२
  • पढ्न लाग्ने समय < 1 मिनेट

मनिस तामाङद्वारा खनियाबास-१ का खेलाडीहरूलाई फुटबल प्रदान

धादिङ,

तामाङ पत्रकार संघ, धादिङका उपाध्यक्ष तथा प्रयास नेपाल, धादिङका सक्रिय कर्मचारी समेत रहेका समाजसेवी युवा मनिस तामाङले वडा नं. १ का युवाहरुलाई खेलकुदमा अझ सक्रिय बनाउने उद्देश्यले २ वटा फुटबल प्रदान गरेका छन्।

स्थानीय स्तरमै खेलकुदको विकास र युवाहरुलाई सकारात्मक गतिविधिमा संलग्न गराउने उद्देश्यले गरिएको यो सहयोगले स्थानीयहरूलाई थप हौसला मिलेको छ। मनिष तामाङ विगतदेखि नै सामाजिक कार्यमा सक्रिय रहँदै आएका छन् भने युवा वर्गप्रति विशेष लगाव राख्ने व्यक्ति भनेर चिनिन्छन्।

उनले भविष्यमा पनि खेलकुद क्षेत्रको विकासका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। उनले भने, “खेलकुदले युवाहरूलाई अनुशासन र स्वस्थ जीवनशैलीतर्फ डो-याउँछ। म जहिल्यै पनि सक्दो सहयोग गर्दै जानेछु।”

स्थानीय खेलाडीहरू र अभिभावकहरूले मनिष तामाङप्रति आभार व्यक्त गर्दै, यस्तो सहयोगले गाउँमा फुटबल लगायतका खेलहरूमा रुचि बढ्ने विश्वास व्यक्त गरेका छन्।यो सानो प्रयासले खेलकुदको माध्यमबाट युवा सशक्तिकरणको मार्ग प्रशस्त गर्ने विश्वास लिइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web