लायन्स क्लब अफ काठमाण्डौ सूर्यमुखीद्वारा निःशुल्क स्वास्थ्य परीक्षण तथा शुद्ध खानेपानी वितरण


  • दिव्यदर्शन
  • मंगलबार, भाद्र १० २०८२
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ।

लायन्स क्लब अफ काठमाण्डौ सूर्यमुखीले आज हिन्दू महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा महिला भक्तालुजनहरूको स्वास्थ्यलाई मध्येनजर गर्दै निलकण्ठ १२ धादिङमा अवस्थित पशुपति मन्दिर परिसरमा निःशुल्क स्वास्थ्य परीक्षण, जलपान वितरण र सरसफाई कार्यक्रम सम्पन्न गरेको छ। धादिङ अस्पतालको प्राविधिक सहयोगमा क्लबले आयोजना गरेको निःशुल्क स्वास्थ्य परीक्षणमा धादिङ अस्पतालमा कार्यरत मेडिकल अधिकृत डा.अशोक छत्कुली र निमित्त नर्सिङ प्रमुख एस्तर तामाङले १०५ जनालाई प्रेसर, ज्वरो, अक्सिजन लेबल, वेट, मुटुको धड्कन परीक्षण, घाउ चोट पटकको सामान्य ड्रेसिङ सेवा तथा चिकित्सकिय परामर्श सेवा दिएको क्लबका अध्यक्ष विक्रम विश्वकर्माले जानकारी दिए। स्वास्थ्य परीक्षण सङ्गै बिरामीको आवश्यकता बमोजिम जीबन जल, ज्वरो, ग्यास्ट्राइटिस, दुखाई लागतको औषधी समेत वितरण गरिएको थियो। क्लबले Rubi Biverage Pvt.Ltd.धादिङ सङ्गको सहकार्यमा निःशुल्क शुद्ध खानेपानीको वितरण समेत गरेको थियो जसमा करीब १००० जनाले जलपान सेवा लिएका थिए। कार्यक्रमको अन्त्यतिर लायन्स क्लब अफ सूर्यमुखीका निवर्तमान अध्यक्ष तथा जोन चिएर पर्सन कृष्ण प्रसाद ढकाल (शिशिर), क्लबका अध्यक्ष विक्रम विश्वकर्मा, क्लबका प्रथम उपाध्यक्ष राजाराम रिजाल तथा आजको कार्यक्रममा क्लब सङ्ग समन्वयमार्फत जोडिएका पशुपति मन्दिर व्यवस्थापन समिति र पशुपति टोल विकास संस्थाका पदाधिकारीहरुले संयुक्त रुपमा मन्दिर परिसरको सरसफाई समेत गरेका थिए। पशुपति मन्दिर परिसरमा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन भएको उक्त कार्यक्रममा लायन्स अन्तराष्ट्रिय ३२५ आई नेपाल रिजन ५ का रिजन चियर पर्सन कृष्ण बहादुर पौडेलको प्रमुख आतिथ्यता, जोन १२ का जोन चियर पर्सन कृष्ण प्रसाद ढकाल (शिशिर) को विशेष आतिथ्यता र नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारी, लायन्स क्लब अफ धादिङ भैरवीका अध्यक्ष बद्री अधिकारी, नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठको आतिथ्यता रहेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web