लायन्स क्लव अफ काठमाडौं सूर्यमूखी: जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति र समाजसेवीलाई सम्मान


  • दिव्यदर्शन
  • मंगलबार, साउन २१ २०८२
  • पढ्न लाग्ने समय 2 मिनेट

धादिङ ।

लायन्स क्लव अफ काठमाडौं सूर्यमूखीले समाजको भलाइमा आफ्नो योगदानलाई निरन्तरता दिँदै ज्वालामुखी गाउँपालिका–४ की विद्यार्थी रेशु विश्वकर्मालाई २७ हजार रुपैयाँको छात्रवृत्ति प्रदान गरेको छ। जनस्वास्थ्य तथा प्राविधिक अध्ययन स्कूलकी एचए दोस्रो वर्षकी विद्यार्थी रेशुको आर्थिक अवस्था कमजोर भएकाले उनलाई यो सहयोग प्रदान गरिएको हो।

क्लवका अध्यक्ष विक्रम विश्वकर्माले भने, “हामीले सामाजिक कार्यहरू जस्तै स्वास्थ्य शिविर, रक्तदान र सरसफाई कार्यक्रम गरेर समाजलाई सहयोग गर्दै आएको छौं। रेशुको अध्ययनलाई उत्साह र सहारा दिनका लागि यो छात्रवृत्ति प्रदान गरिएको हो। हामी आशा गर्छौं कि उनी स्वास्थ्यकर्मी भएर समाजको सेवा गर्ने आफ्नो सपना पुरा गर्नेछन्।”

कार्यक्रममा, लायन्स क्लवले विभिन्न स्वास्थ्यकर्मी र समाजसेवीहरूलाई सम्मान गरेको छ। धादिङ अस्पतालका अस्पताल निर्देशक गगन अधिकारीले लायन्स क्लवको समाजसेवामा गरिएको योगदानको सराहना गरे।

डिस्ट्रिक चिफ लायन अनुज कुमार श्रेष्ठले क्लवलाई अझ बलियो बनाउन र नयाँ सदस्यहरूलाई जोड्ने महत्त्वमा जोड दिएका छन्। डिस्ट्रिक चिफ एममिनिस्ट्रेटर लायन जनार्दन फुयालले क्लवको धादिङमा गरिएको सक्रिय सामाजिक कार्यको सराहना गर्दै भने, “लायन्स क्लव अफ काठमाडौं सूर्यमूखीले धादिङमा ठूलो पहिचान बनाएको छ।”

कार्यक्रममा धादिङ अस्पतालका विभिन्न चिकित्सक र समाजसेवी व्यक्तित्वलाई सम्मान प्रदान गरिएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web