गजुरी गाउँपालिका ५ बाङ्गेमा फिसिङ पोइन्टको उद्घाटन-Divya Darshan TV


  • दिव्यदर्शन
  • शुक्रबार, जेष्ठ २४ २०८२
  • पढ्न लाग्ने समय 2 मिनेट

धादिङ ।
गजुरी गाउँपालिका वडा नं.५ बाङ्गेमा फिसिङ पोइन्टको उद्घाटन गरिएको छ ।
बिहिबार गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले चालु आ.व २०८१ ०८२ को वार्षिक नीति, बजेट तथा कार्यक्रमअन्तर्गतका त्रिशूली नदी फिसिङ पोइन्ट निर्माण कार्य सम्पन्नपश्चात प्रमुख प्रशासकीय अधिकृत होम बहादुर राउत,वडा नं.५ का वडाध्यक्ष गोबिन्द लामिछाने, वडा नं.६ का अध्यक्ष भक्त बहादुर तामाङ लगायत सरोकारवालाहरुको उपस्थितीमा औपचारिक रुपमा समुद्घाटन गर्नुभएको हो ।

गाउँपालिकाका अध्यक्ष क्यानडा जानुहुँदा फिसिङ पोइन्ट देख्नुभएको र त्यहीँ अवधारणा स्वरूप आफ्नै पालिकाको उपयुक्त स्थान छनोट गरी स्थापना गरिएको बताउनुभएको उहाँका स्वकीय सचिब सुमन लो तामाङले जानकारी दिनुभयो ।माछा समात्ने,प्रशोधन गर्ने,बेच्ने जस्ता कामले मानिसहरुलाई आत्मनिर्भर बनाई स्थानीय स्तरमा रोजगारी सिर्जना हुने उद्धेश्यले फिसिङ पोइन्ट स्थापना गरिएको गाउँपालिका स्रोतले जनाएको छ ।यस श्रेत्रलाई अझ ब्यबस्थित र आकर्षक बनाइएको खण्डमा गजुरी गाउँपालिकाको स्थानीय पर्यटन केन्द्र बन्न सक्ने र पृथ्बी राजमार्ग हुदै यात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटकहरुले फिसिङको अनुभब लिन पाए यसले स्थानिय पर्यटन प्रबर्धनमा टेवा पुग्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web