रुबिभ्याली १ लिंजोमा पाँच दिने खर्क व्यवस्थापनसम्बन्धी प्रशिक्षण तालिम सम्पन्न-Divya Darshan TV


  • दिव्यदर्शन
  • शनिबार, जेष्ठ ११ २०८२
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ ।
उत्तरी धादिङको रुबिभ्याली गाउँपालिका वडा नम्बर १ लिंजोमा पाँच दिने खर्क व्यवस्थापनसम्बन्धी प्रशिक्षण तालिम शुक्रबार सम्पन्न भएको छ ।डिभिजन बन कार्यालय धादिङ र राष्ट्रिय प्रकृति संरक्षण कोषको आयोजनामा रुबीभ्याली क्षेत्रका चौँरी पालक, भेडा पालक र बाख्रा पालक किसानहरुका लागि खर्क व्यवस्थापनसम्बन्धी प्रशिक्षण तालिम प्रदान गरिएको हो ।डिभिजन कन कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यको अध्यक्षमा भएको तालिम समापन समारोहमा किसानहरु उत्साही हुँदै आगामी दिनमा चौरी भेडा र बाख्रा पालन सम्बन्धी सीप सिकेर व्यवसायिकतातर्फ लाग्ने बताएका छन् । लेकाली पशुहरु संरक्षण र व्यवसायिकताका लागि तालिम लिएका किसानहरुमध्येबाट वि बहादुर तामाङको अध्यक्षतामा चौरी पालक समूह, सेर बहादुर तामाङको अध्यक्षतामा भेडा पालन समूह, ए बहादुर तामाङको अध्यक्षतामा बाख्रा पालन समूह समेत गठन गरिएको छ ।तालिमको अबसरमा सहभागि किसानहरुले २ ओटा भेडा फार्म, एक ओटा चोँरी फार्ममा प्रत्यक्ष अन्तरक्रिया गरेका थिए । तालिममा खर्क, चौरी, भेडा पालनका समस्या, पशुहरुमा लाग्ने रोग र व्यवस्थापनका बारेमा छलफल भएको र तालिमको सहजीकरण डिभिजन बन कार्यालय प्रमुख विष्णु आचार्य, उमेश घले, सुनिल सापकोटाले गर्नुभएको थियो ।आठ हजार भेडा रहेको, ३ सय चौँरी र तेल्मा रहेको, याक १० ओटा र नाक १७ मात्र रहेकोले संरक्षणमा लागेर यसबाट आम्दानी गर्न किसानहरुले प्रतिवद्धता जनाएका छन् ।उन्नत, व्यवस्थित, आम्दानीको श्रोत बनाउन तालिमपछि किसानहरु प्रतिवद्ध रहेको लिखित प्रतिवद्धता समेत व्यक्त गरेका छन् । तालिममा ३१ जना किसान सहभागी रहेका थिए । उत्साहपूर्ण र सहभागिमूलक तालिम रहेको भन्दै डिभिजन बन कार्यालय प्रमुख आचार्यले आगामी दिनमा डिभिजन बन कार्यालयले कृषि, पशुविकास कार्यालय लगायतसंग समन्वय गर्ने र जिविकोपार्जनमा सघाउने बताउनुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web