गजुरी गाउँपालिकाको किसानहरुलाई हाते ट्याक्टर वितरण


  • दिव्यदर्शन
  • बिहिबार, जेष्ठ २ २०८२
  • पढ्न लाग्ने समय < 1 मिनेट

 

धादिङ ।

गजुरी गाउँपालिकाको किसानहरुलाई हाते ट्याक्टर वितरण गरिएको छ ।

गाउँपालिकाको कृषि शाखाको आयोजनामा वडागत पकेट क्षेत्र कार्यक्रम अन्तर्गत कृषि यान्त्रिकरण वडा नं.१,४ र ६ का माग गरेका किसानहरुलाई हाते ट्याक्टर वितरण गरिएको हो ।

कार्यक्रममा गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ ,उपाध्यक्ष शर्मिला विशुराल, प्रमुख प्रशासकीय अधिकृत होम बहादुर राउत, गजुरी गाउँपालिका सरकार प्रवक्ता एवम् गजुरी–७ का वडा अध्यक्ष बद्री प्रसाद जम्कटेल, गजुरी गाउँपालिका कृषि शाखा प्रमुख शर्मिला सुबेदी, अशोक श्रेष्ठ, वडा अध्यक्ष तारानाथ भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

source: radiobihani

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web