रुवीभ्याली–४ बोराङका झलक तामाङ अभिनित तेस्रो म्युजिक भिडियो “अर्को माया” सार्वजनिक


  • दिव्यदर्शन
  • शनिबार, बैशाख २० २०८२
  • पढ्न लाग्ने समय < 1 मिनेट

बेलायत। लण्डनस्थित PPN Production UK को प्रस्तुतीमा “अर्को माया” बोलको नयाँ गीत सार्वजनिक भएको छ। प्रेममा धोका पाएपछि भोगिने पिडा र मनको अवस्थालाई उजागर गरिएको यो गीतमा प्रेम, वेदना र विछोडको गहिरो भाव समेटिएको छ।

रुवीभ्याली गाउँपालिका–४ बोराङका झलक तामाङले अभिनय गरेको यो उनको तेस्रो म्युजिक भिडियो हो। विगत २० वर्षदेखि बेलायतमा कार्यरत तामाङले यस भिडियोमार्फत प्रेममा हुने पीडा र धोका भोग्दाको संवेदनालाई पर्दामा उतारेका छन्।

गीतमा रञ्जन राईको स्वर, नविन कार्कीको सङ्गीत र राजेन्द्र थापाको शब्द रहेको छ। विशाल निरौलाको एरेञ्ज र रञ्जन राईकै मिक्सिङ रहेको गीत अलंकार स्टुडियोमा रेकर्ड गरिएको हो।

भिडियोमा कुसुम गुरुङ, झलक तामाङ र राज तामाङले अभिनय गर्दै प्रेम, धोका र विछोडको कथा प्रस्तुत गरेका छन्। प्रभु गुरुङको निर्देशन र परिकल्पनामा बनेको भिडियोमा आइडोले सिनेमाटोग्राफी, पवन सुस्लिङले सम्पादन र कलर मिलाएका छन्।

गीतको मेकअप पुष्पा गुरुङले गरेकी छन् भने प्रमन गुरुङ सहायक सिनेमाटोग्राफर रहेका छन्। राकेश दाहाल (नोभिस)ले बनाएको आकर्षक पोस्टरसहित सार्वजनिक भएको यो गीतले प्रेममा धोका पाएका र विछोड भोगेकाहरूको मन छोला भन्ने अपेक्षा गरिएको छ।

PPN production ले निर्माण गरेको भिडियो PPN Production UK को युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

“अर्को माया” ले प्रेममा धोका र विछोड भोगेकाहरूका लागि एक विशेष भावनात्मक गीत बन्ने विश्वास गरिएको छ।

गीतको भिडियो link
https://youtu.be/tZPbnefYQk4si=pYWZFejUU8f0r5hN

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web