रुबीभ्याली गाउँपालिका १, लब्दुङमा बोडर आउट पोष्ट स्थापना


  • दिव्यदर्शन
  • शनिबार, बैशाख २० २०८२
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ।

रुबी भ्याली गाउँपालिका–१, लब्दुङमा सशस्त्र प्रहरी बल नेपालकाे (बि ओ पि)बोडर आउट पोष्ट उद्घाटन गरिएको छ ।गृह मन्त्री मा. रमेश लेखक र कृषि तथा पशुपन्छी विकास मन्त्री मा.रामनाथ अधिकारी सहितको उच्चस्तरीय सरकारी टोली रुबी भ्याली पुग्नु भएको थियो।

रुबी भ्याली गाउँपालिका–१, लब्दुङमा आयोजित कार्यक्रममा पुर्व मन्त्री टेकबहादुर गुरुङ, गृह सचिव गोकर्ण मणि दुवाडी, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, प्रहरी उपरीक्षक दीपेन्द्र शाही, राष्ट्रिय अनुसन्धान विभाग धादिङका उपनिर्देशक नरेन्द्र गिरि, सशस्त्र प्रहरी नायव उपरिक्षक लक्ष्मी थपलिया लगायत सुरक्षानिकाय प्रमुखहरुको सहभागिता थियो।गाउँपालिका अध्यक्ष रामसिंह तामाङले स्वागत मन्तव्य दिंदै बीओपी स्थापना सँगै सीमा इलाका सुरक्षाको मजबूती, स्थानीय बासिन्दाको शान्ति सुरक्षामा सुधार, सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलापको रोकथाम र विपद् व्यवस्थापनमा राहत तथा उद्धारको व्यवस्था सहज हुने बताए।उक्त कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष फेलामा तामाङ, प्रमुख प्रशासकीय अधिकृत नविन कुमार गोले, स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

बीओपी स्थापना सँगै जिल्लाको दुर्गम सीमा क्षेत्रमा सुरक्षा प्रत्याभूति र नागरिक सेवामा थप सहजता हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web