कालीगण्डकी गाउँपालिकाले आन्दोलित शिक्षकहरुलाई राजीनामा दिन निर्देशन


  • दिव्यदर्शन
  • शनिबार, बैशाख १३ २०८२
  • पढ्न लाग्ने समय < 1 मिनेट

गुल्मी ।

गुल्मीको कालीगण्डकी गाउँपालिकाले आइतबारदेखि विद्यालयमा उपस्थित नहुने शिक्षकलाई राजीनामा दिन निर्देशन दिएको छ । शुक्रबार गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले सूचना जारी गर्दै आइतबारदेखि विद्यालय समयमा उपस्थित भएर पठनपाठन गर्न निर्देशन दिंदै शिक्षकहरूलाई चेतावनी दिएका हुन् ।

शिक्षक महासंघको आह्वानमा भएको शिक्षक आन्दोलनले विद्यालयहरूमा पढाइ प्रभावित भएको बताउँदै उनले नपढाउने शिक्षकले कि राजीनामा दिनु पर्ने कि सरुवाको प्रक्रिया सुरु गर्न सुझाव दिएका छन् ।

शिक्षक महासंघको अगुवाइमा गत चैत २० गतेदेखि शिक्षकहरु विभिन्न माग राखेरकाठमाडौं केन्द्रित आन्दोलनमा रहेका छन् ।

अदालतले शिक्षकका माग सम्बोधन हुने गरी तीन दिनभित्र विद्यालयमा पठनपाठन सुरु गर्न आदेश दिइसकेको छ ।

यस्त छ सूचना:

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web