
जनकवि केवलपुरे किसानको ९९ औं जन्म जयन्तीको अवसरमा आयोजित अन्तरक्रिया तथा रचनाबाचन कार्यक्रम सम्पन्न भएको छ ।
थाक्रे गाउँपालिका वडा नं १० र धादिङ सिर्जना प्रतिष्ठानको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा स्व.देवी प्रसाद पौडेल ( केवलपुरे किसान)ले दिनुभएको योगदानबारे चर्चा गरिएको थियो।वि.स.२००६ सालमा जातभात र छुवाछुत बिरुद्व जनै फालेर हलो जोतेका कारण देश निकालासमेत भएका कवि स्व. पौडेलले आफ्नो साहित्यमार्फत अत्याचारको विरुद्द र किसान, श्रमिक महिलाको पीडामा कलम चलाई समाज परिवर्तनमा ठूलो योगदान गर्नुभएको थियो ।सो कार्यक्रममा विभिन्न व्यक्तित्वहरुले किसानहरुको विविध पक्षसमेटी आफ्नो रचना प्रस्तुत गर्नुभएको थियो । वरिष्ठ साहित्कार नरनाथ लुइँटेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा थाक्रे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बम बहादुर केसी, वडा नं १० का वडा अध्यक्ष गोकुल प्रसाद लामिछाने,धादिङ सिर्जना प्रतिष्ठानको अध्यक्ष सिर्जना अर्याल,विभिन्न विधाका साहित्यकार लगायत स्थानियहरुको सहभागिता रहेको थियो ।


