जिल्ला कै सर्वाधिक पुरस्कार राशी रहेको १५ औं वाका कप तथा तेस्रो अध्यक्ष कप आजबाट सुरु


  • दिव्यदर्शन
  • बिहिबार, चैत्र २० २०८१
  • पढ्न लाग्ने समय 2 मिनेट

धादिङ ।
नेत्रावती डवजोङ गाउँपालिका ३ वाकामा १५ औं वाका कप तथा तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता उद्घाटन भएको छ ।जिल्ला कै सर्वाधिक पुरस्कार राशी रहेको १५ औं वाका कप तथा तेस्रो अध्यक्ष कप (९ ए) साईड खुल्ला नकआउट फुटबल प्रतियोगिता २०८२ आजबाट भएको हो ।छार वाका राहा युवा क्लबको अध्यक्ष भिम बहादुर गुरुङ जङ्गेको अध्यक्षतामा सम्पन्‍न उद्घाटन कार्यक्रममा बागमती प्रदेश सभा सदस्य माननीय गोबिन्द लम्सालको प्रमुख आतिथ्यता रहेको थियो ।त्यस्तै नेत्रावती डबजोङ गाउँपालिकाको अध्यक्ष मेघनाथ रिजाल, उपाध्यक्ष सितामाया चोदेन र प्रमुख प्रशासकीय अधिकृत हरेराम शाहको विशेष आतिथ्यता र वडा नं. ३ को वडा अध्यक्ष सुरेश गुरुङ र पुर्व वडा अध्यक्ष बिजय कुमार तामाङ लगायतको आतिथ्यता रहेको थियो । २५ टिम सहभागी प्रतियोगिताको पहिलो दिन विहिबार भएको उद्घाटन खेल आयोजक छार वाकाले बेङरुङ युवा क्लबको बिरुद्ध १–० गोल गर्दै विजय भएको छ ।प्रतियोगिताको विजेताले २ लाख २ हजार र उपविजेताले १ लाख १ हजार, उत्कृष्ट खेलाडी उच्च गोलकर्ता,उत्कृष्ट गोलरक्षकले जनही ५–५ हजार जित्ने छ ।


प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web