
धादिङ ।
धादिङवेशीमा जारी प्रथम सुमन स्मृति कपको फाइनलमा एमवाइसी र डिएफसी ए प्रवेश गरेका छन् ।आज शुक्रबार भएको सेमिफाइनल खेलमा एमवाइसीले सेभेन हर्सलाई ४–० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो भने आयोजक डिएफसीले शिवदल गणलाई पेनाल्टी सुट आउटमा पहिलो पाँचै जनाले गोल गरेपछि पुनः थप दुई जनाले पेनाल्टी सुटआउट गर्दा ६–५ गोल अन्तरले पराजित गर्दै डिएफसीले फाइनलको यात्रा सुरक्षित गरेको हो । सेमिफाइनल खेल सकिएसँगै सेभेन हर्स र शिवदल गण दुवै समुह तृतिय भएका छन् ।फाइनल खेल भोलि शनिवार दिउसो साढे २ बजे खेलाइने आयोजक धादिङ फुटवल क्लवका अध्यक्ष गोपी भण्डारीले बताउनुभयो। प्रतियोगीता विजेताले १ लाख ७५ हजार, उपविजेताले ७५ हजार, तृतिय हुनेले २५ हजार नगदसहित ट्रफी, प्रमाणपत्र पाउँछन् । धादिङवेसीका फुटवल खेलाडी सुमन श्रेष्ठको २०७९ सालमा अल्पायुमै अप्रत्याशित निधन भएको थियो । सुमनको सम्झना र सम्मानमा धादिङ फुटवल क्लवले प्रतियोगीताको आयोजना गरेको हो ।