प्रथम नीलकण्ठ मेयर फुटसल कपको उपाधी नीलकण्ठ जायन्ट्सलाई-Divya Darshan TV


  • दिव्यदर्शन
  • शनिबार, फाल्गुन १० २०८१
  • पढ्न लाग्ने समय 2 मिनेट

धादिङ ।
नीलकण्ठ नगरपालिकाद्धारा आयोजित प्रथम नीलकण्ठ मेयर फुटसल कपको उपाधी नीलकण्ठ जायन्ट्सले जितेको छ।धादिङ फुटसल एकेडेमीमा आज शनिबार भएको फाईनल खेलमा रुवीभ्याली गाउँपालिकालाई ६-३ गोल अन्तरले पराजित गर्दै नीलकण्ठ नगरपालिकाको नीलकण्ठ जायन्ट्सले उपाधी जितेको हो।

सो प्रतियोगितामा धादिङ अस्पतालले तेस्रो स्थान हासिल गरेको छ। धादिङ अस्पतालले गोरखा नगरपालिकालाई ४-२ गोल अन्तरले पराजित गर्दै तेस्रो भएको हो । प्रतियोगितामा विजयी भएको नीलकण्ठ जायन्ट्सले नगद १ लाख १ हजार १११ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र,द्धितिय भएको रुवीभ्यालीले ५१ हजार १११ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।त्यस्तै तृतिय भएको धादिङ अस्पतालले २५ हजार रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ भने सान्त्वना भएको गोरखा नगरपालिकाले नगद २० हजार रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।

यस्तै विधागत तर्फ उत्कृष्ट खेलाडी धादिङ अस्पतालका डा.जिवन घिमिरे, उत्कृष्ट गोलकर्ता नीलकण्ठ जायन्ट्सका रवी भण्डारी (३३ गोल), उत्कृष्ट गोलरक्षक नीलकण्ठ जायन्ट्सका बल बहादुर तामाङ र उत्कृष्ट डिफेन्डर नीलकण्ठ जायन्ट्सकै सरोज पाण्डे घोषित भएका छन् ।उनीहरुले समान नगद ६–६ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् ।नीलकण्ठ नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा बुधबारदेखी अन्तरपालिका स्तरीय फुटसल प्रतियोगितामा १८ टिम सहभागी थिए ।नीलकण्ठ नगरपालिकाले गत वर्ष पनि यस्तै अन्तरपालिका स्तरीय (जनप्रतिनिधि, कर्मचारी र स्थायी शिक्षकले मात्रै भाग लिन पाउने) फुटसल प्रतियोगिताको आयोजना गरेको थियो ।यस वर्ष भने प्रथम नीलकण्ठ मेयर फुटसल कपको नाम दिएर प्रतियोगिता आयोजना गरेको हो ।प्रतियोगिताको समापन गर्दै नीलकण्ठ नगरपालिकाका नगर प्रमुख एवम नेपाल नगरपालिका संघका अध्यक्ष भिम प्रसाद ढुंगानाले नीलकण्ठमा खेलकुद क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको भन्दै नगरपालिकामा विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको बताउनुभयो ।उहाँले यस वर्षबाट सुरु गरिएको मेयर कपलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Source:bagmatikalam

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web