भैरवी वचत तथा ऋण सहकारी संस्था लि.को २४ औं स्थापना दिवस-Divya Darshan TV


  • दिव्यदर्शन
  • मंगलबार, फाल्गुन ६ २०८१
  • पढ्न लाग्ने समय 3 मिनेट

धादिङ ।
नीलकण्ठ नगरपालिका ३ धादिङमा अवस्थित भैरवी वचत तथा ऋण सहकारी संस्था लि.ले आज २४ औं स्थापना दिवस मनाएको छ । साकोस स्थापनाको लागि वोलाईएको पहिलो भेला भएको दिनलाई स्थापना दिवसको रुपमा मनाएको हो । संस्था स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा शुभकामना दिनुहुदैँ बागमति प्रदेश वचत तथा ऋण सहकारी संघ लि. का नवनिर्वाचित सदस्य धादिङ बचत तथा ऋण सहकारी संघ लिका तात्कालिन अध्यक्ष नवराज शर्माले धादिङमा सहकारी भन्ने वित्तिकै भैरवीको नाम आउने र संस्थाले सदस्य मुखि काम गरिरहेकोले यसलाई जोगाई राख्न सुझाउनुभयो ।

पछिल्लो समयमा नेपाल सरकारद्वारा जारी अध्यादेश तथा निर्देशिकाले सहकारीलाई काम गर्न असहज भएको छ । संघको तर्फबाट केहि बुदाहरु परिमार्जन गर्न अनुरोध गरिएको भन्नुहुदैँ धैर्य रहन अनुरोध गर्नुभयो ।सो अबसरमा बागमति प्रदेश वचत तथा ऋण सहकारी संघ लि.का नवनिर्वाचित सदस्य नवराज शर्मालाई साकोसको तर्फबाट सम्मान गरेको थियो ।

धादिङवेसी आसपासका मानिसहरुको आर्थिक तथा सामाजिक विकासमा सघाउन वित्तिय कारोबार गर्ने संस्था स्थापना गर्ने लक्ष्य अनुरुप गठन भएको साकोसले हाल ३ करोड २४ लाख ६५ हजार तीन सय रुपियाँ शेयर पूँजी संकलन गर्न सफल भएको छ ।संस्थाको जगेडा कोषमा १ करोड ९२ लाख ८० हजार ४ सय ८२ रुपियाँ, अन्य कोषमा २ करोड ७२ लाख १२ हजार ४ सय ८ रहेको छ । ‘विगतमा मुनाफाबाट ०.५ प्रतिशत अर्थात ५१ हजार ५ सय एक रुपियाँ भैरवी मन्दिर निर्माणका लागि हस्तान्तरण गरिएको छ ।बिचबजार चौतारा निर्माणका लागि पनि ११ हजार १ सय ११ रुपियाँ सहयोग प्रदान गरेको र रक्तदान कार्यक्रम, जिल्ला अस्पतालमा उपचारत बिरामीहरुलाई फलफुल वितरण लगायतका सामाजिक कार्य संस्थाले गर्दै आएको संस्थाका महासचिव राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।सो सहकारी धादिङ जिल्ला सदरमुकाम आसपासका व्यक्तिहरुको आर्थिक तथा सामाजिक विकास गराई आत्मनिर्भर बनाउने अभिप्रायले २०५७ साल फागुन ६ गते १५५ जना शेयर सदस्य सहित एक तर्दथ समिति गठन गरी सहकारी ऐन २०४८ अनुसार २०५७ साल चैत्र १४ गते सहकारी कार्यालय चितवनमा दर्ता गरिएको संस्थापक अध्यक्ष ईश्वरकुमार श्रेष्ठले बताउनुभयो ।शेयर सदस्यलाई स्वास्थ्य उपचार कोषको व्यवस्था, पारिवारिक राहत, सदस्य शिक्षा तथा अवलोकन भ्रमण, बिदाको दिनहरुमा काउन्टर सेवा लगायतका सेवा विस्तार गरिएको संस्थाका अध्यक्ष गणेशकुमार श्रेष्ठले बताउनुभयो । ‘संस्थामा २७७० जना शेयर सदस्य रहेका छन् । नीलकण्ठ नगरपालिकाको १४ वटै वडा र सिद्धलेक गाउँपालिकाको १ र २ नम्वर वडामा सेवा प्रवाह भइरहेको छ । शेयर सदस्यको माग र आवश्यतालाई मध्यनजर गरी विहान साढे ९ वजेदेखि सेवा शुरु गर्ने तथा विदाको दिन पनि सेवा दिदै आएको संस्थाका अध्यक्ष श्रेष्ठले वताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web