
धादिङ ।
गजुरी गाँउपालिका ५ मा रहेको गजुरी पीडा माध्यामिक विद्यालयलाई ३ कोठे छात्रा शौचालय हस्तान्तरण गरिएको छ । रोटरी क्लब अफ धादिङ र गजुरी गाँउपालिकाको संयुक्त लगानीमा निर्माण गरिएको शौचालय एक कार्यक्रमकाविच हस्तान्तरण गरिएको हो ।गजुरी गाँउपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले शौचालय बनेपछि बालिकाहरुको सरसफाई र स्वास्थ्यमा प्रत्यक्ष सकारात्मक प्रभाव पर्ने बताउनुभएको छ ।शिक्षा, स्वास्थ्य, विकास निर्माणका काममा पालिकाले विशेष योजना बनाएर अगि बढेको उहाँको भनाई छ ।रोटरी क्लब धादिङले यस विद्यालयमा अध्ययनरत २१ जना विद्यार्थीहरुलाई १ बर्षसम्म पुग्ने स्टेशनरी सामाग्री र न्यानो कपडा पनि वितरण गरेको छ ।
