माघ २६ गते दाङसिङ गोर्खापङमा सोनाम ल्होछार साँस्कृतिक कार्यक्रम हुदैँ,


  • दिव्यदर्शन
  • सोमबार, माघ ७ २०८१
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ, ०७ माघ ।

दाङसिङ गोर्खापङ (जब्बरे चौर) मा सोनाम ल्होसार २८६१ औँ डुल ल्हो स पुख्री वर्गको अवसरमा बृहत सोनाम ल्होछार साँस्कृतिक कार्यक्रम हुने भएको छ ।

शास्त्र हराए संस्कार हराउँछः संस्कार हराए संस्कृति हराउँछ संस्कृति हराए मानव अस्तित्व नै हराउँछ भन्ने नाराका साथ यहि माघ २६ गते शनिबार सोनाम ल्होसार साँस्कृतिक कार्यक्रम हुने भएको हो ।

कार्यक्रम सिर्जनशिल समाज सुधार युवा क्लब तारकेश्वर गाउँपालिका वडा नं १ दाङसिङ नुवाकोटको आयोजना र तारकेश्वर गाउँपालिकाको मुख्य प्रायोजकमा संचलान हुने छ ।

बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्यता र तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारी (अविरल)को विशिष्ट आतिथ्यतामा कार्यक्रम गरिने आयोजकले जनाएको छ ।

कार्यक्रममा म्हेन्दोमाया किङ सागर एस वाइबाको साथमा तारकेश्वरका स्थानिय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web