
धादिङ ।
सिद्धलेक गाउँपालिका वडा नं १ नलाङ बैरेनीस्थित आयाम बोर्डिङ स्कुलको खेलकुद उत्सब आजबाट सुरु भएको छ ।१४ औं खेलकुद उत्सब उद्घाटन समारोह कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका जिल्ला खेलकुद बिकास समिति धादिङका अध्यक्ष प्रताप सिहं तामाङले बेलुनमा ब्यानर उडाएर कार्यक्रम समुद्घाटन गर्नुभएको थियो । उक्त कार्यक्रममा विद्यार्थीहरुले सडकमा विभिन्न नाटक तथा नृत्य प्रस्तुत गरिएको थियो । विद्यार्थीहरुको सर्वाङ्गिक विकासको लागि आयाम ईङिलस स्कुलले विभिन्न अतिरिक्त क्रियाकलापहरु गर्दै आएको छ ।कार्यक्रमलाई सम्बोधन गर्दै खेलकुद विकास समितिका अध्यक्ष तामाङले विद्यालयहरुमा आयोजना हुने खेलकुद कार्यक्रमले लुकेर रहेको प्रतिभाहरुलाई उजागर गर्न सहयोग पुग्ने बताउनुभयो ।विद्यालयका प्रधानाध्यापक आश बहादुर गुरुङको अध्यक्षतामा भएको उद्घाटन समारोहमा विद्यालय सञ्चालक समितिका अध्यक्ष तथा निर्देशक विकास कोइरालाको विशेष आतिथ्यता तथा तेक्वान्दो गुरु शालिग्राम सिलवाल,राष्ट्रिय म्याराथुन खेलाडी अश्मि वि.क (स्पोर्टस प्रशिक्षक)को आतिथ्यता रहेको स्कुलकी व्यवस्थापक ममता अर्यालले जानकारी दिनुभयो ।उहाँको अनुसार १० गतेसम्म सञ्चालन हुने खेल उत्सवमा प्राइमरी तथा प्री प्राइमरी अन्तरगत बेलुन रेस, स्पोन रेस, बल रेस, फ्रग रेस, फुटबल, भलिबल, कबड्डी, निडल थ्रेड रेस लगायतका खेलहरु हुनेछन् भने शिक्षक र अभिभावकबिच पनि खेलहरु हुनेछन्।कार्यक्रममा विद्यालय सञ्चालक समितिका अध्यक्ष विकास कोइरालाले खेलकुदले विद्यार्थीको पढाईसंगै चौतर्फी विकास हुने भन्दै शिक्षासंगै अतिरिक्त क्रियाकलापले विद्यार्थीमा भएको प्रतिभा प्रस्फुटन हुने भएकाले खेल उत्सवलाई निरन्तरता दिईएको बताउनुभयो।विजेता विद्यार्थीहरुलाई माघ १० गते पुरस्कार वितरण गरिनेछ ।विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक बिशाल गुरुङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।