
धादिङ ।
पहिलो पटक धादिङमा लोक सांस्कृतिक महोत्सव तथा अन्तरपालिका लोक दोहोरी प्रतियोगिता हुने भएको छ ।आज पत्रकार सम्मेलनमार्फत लोक संस्कृति प्रवर्धनको सार पहिचान, पर्यटन र समृद्धिको मूल आधार’ भन्ने नारासहित महोत्सवको आयोजना लागिएको महोत्सब आयोजक समिती संयोजक दिपक कोईरालाले जानकारी दिनुभयो ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङ र सामुदायिक संचार तथा विकास केन्द्र धादिङको संयुक्त आयोजनामा हुने महोत्सव यहि माघ १० देखि २० गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।धादिङको रैथाने मौलिक लोक संस्कृति तथा सांस्कृतिक पहिचानको प्रवद्र्धन र परम्पराको जगेर्ना गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको महोत्सव मुल आयोजक समितिका संयोजक कोइरालाको भनाई छ ।२०६२ मंसिर १६ गते एक दिने लोक सांस्कृतिक उत्सव गरिएको थियो । तर लोक सांस्कृतिक महोत्सव भनेर गरिएको यो पहिलो हो । ‘कलाकारहरुको प्रतिभा, विभिन्न जातजातिको परम्परागत संस्कृति र सांस्कृतिक पहिचानको प्रवद्र्धन र आन्तरिक पर्यटन प्रवद्र्धन गर्न महोत्सवले सहयोग पुग्ने अपेक्षा लिइएको छ । मौलिक लोक संस्कृति, लोकदोहोरी, मेन्दोमायाँ, कौरा, चुड्का, घाटु, वालन, ठाडोभाका देखि खैजडी भजन, नौमती र झ्याउरे गीत लगायतका प्रचलित सांस्कृतिक पहिचान र प्रतिभाहरु हेर्न पाइने लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङका अध्यक्ष कमला गैरेले बताउनुभयो ।‘यो महोत्सवबाट जुट्ने आर्थिक श्रोतबाट जिल्लाका सम्पूर्ण कलाकारहरुलाई अप्ठेरो परेको बेला आवश्यक सहयोग गर्न राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान धादिङ मार्फत परिचालन हुने गरि ‘कलाकार कल्याणकारी कोष’ स्थापना गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो ।