थाक्रे गाउँपालिकाको पालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०८१ आजबाट सुरु-Divya Darshan TV


  • दिव्यदर्शन
  • शनिबार, पुष २७ २०८१
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ ।
थाक्रे गाउँपालिकाको पालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०८१ आजबाट सुरु भएको छ । थाक्रे गाउँपालिका वडा नम्बर १० स्थित दोभाने खेलमैदानमा भएको प्रतियोगितामा माध्यमिक तहका कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुले विभिन्न विधामा भाग लिएका छन् । प्रतियोगिताको उद्घाटन समारोहमा कालिका माध्यमिक विद्यालयका स्काउटका विद्यार्थीहरुले मार्चपास र राष्ट्रिय भण्डो तोलन समेत गरेका थिए ।रनिङशिल्डको उद्घाटन गर्नुहुँदै गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले प्रतियोगिताको सफलताको शुभकामना दिनुहुदै खेल आफैमा महत्वपूर्ण भएकोले एकदम अनुशासित र मर्यादित भएर खेल र खेलाउनका लागि आग्रह गर्नुभयो।कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु,विभिन्न विद्यालयका प्रधानाध्यापकहरु र विद्यार्थीहरुको सहभागीता रहेको थियो ।सो प्रतियोगिता पौष २९ गते समापन हुने पालिका शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख दुर्गादेवी खड्काले जानकारी दिनुभएको छ ।

Source:Rajaram Dangol

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web