धादिङ।
सिद्धलेक गाउँपालिकामा भुस्याहा कुकुर नियन्त्रण र रेबिज रोगबाट गाईबस्तु लगायत मानवलाई जोगाउने उद्धेश्यले बन्ध्याकरण शिबिर सञ्चालन भएको छ । यहि पौष २२ गते पालिका वरपरका क्षेत्र र २३ गते सिद्धलेक गाउँपालिका वडा नंं.३ ईटपानीमा संचालन भएको कुकुर बन्ध्याकरण कार्यक्रममा १२७ वटा कुकुरको बन्ध्याकरण गरेको छ ।सामुदायिक कुकुरहरुको संख्यामा नियन्त्रण गर्न र रेबिजबाट जोगाउन यसप्रकारको शिबिर सञ्चालन गरिएको सिद्धलेक गाउँपालिकाका पशुशाखा प्रमुख डा. चक्र वलीले जानकारी दिनुभयो ।यसअघि सामुदायिक कुकुरहरुलाई निशुल्क रेविजबिरुद्धको खोप समेत लगाईएको छ ।