इसाई धर्मावलम्बीले आज क्रिसमस डे मनाउँदै


  • दिव्यदर्शन
  • बुधबार, पुष १० २०८१
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ, १० पुस ।

इसाई धर्मावलम्बीले आज क्रिसमस डे मनाउँदै छन्।

अङ्ग्रेजी क्यालेण्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार इसाई धर्मालम्बीले क्रिसमस मनाउन लागेका हुन् ।

दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उहाँले मानव समुदायका लागि पु¥याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ । ‘ख्रिष्टमस’ पनि भनिने यो दिनमायेशुको शिक्षा एवं उपदेशको मनन गर्नाका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ ।

क्रिसमसका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web