‘आँखुको सुसेली’ पुस्तक लोकार्पण


  • दिव्यदर्शन
  • मंगलबार, पुष ९ २०८१
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ ।
कर्मचारी मिलन केन्द्र धादिङले ‘आँखुको सुसेली’ नामक पुस्तक लोकार्पण गरेको छ। आज मंगलबार कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले ‘आँखुको सुसेली’ पुस्तक विमोचन गर्नुभएको हो ।कर्मचारी मिलन केन्द्र धादिङका अध्यक्ष विष्णु प्रसाद आचार्यले ‘आँखुको सुसेली’ पुस्तक साहित्य, शिक्षा, र स्थानीय सन्दर्भलाई समेट्दै तयार पारिएको महत्त्वपूर्ण कृति भएको बताउनुभएको छ ।पुस्तक चार खण्डमा विभाजित रहेको जानकारी दिँदै उहाँले पहिलो खण्डमा साहित्यिक सिर्जना, दोस्रो खण्डमा धादिङका सन्दर्भहरू, तेस्रो खण्डमा शैक्षिक विषयवस्तुहरू, र चौथो खण्डमा कविता, गीत, गजलजस्ता रचनात्मक सामग्री समावेश गरिएको जानकारी दिनुभयो।उहाँले यो पुस्तकले पाठकहरूलाई ज्ञान र मनोरञ्जन दुवै प्रदान गर्ने विश्वास व्यक्त गर्दै निकट भविष्यमा धादिङमा बृहत् साहित्यिक महोत्सवको आयोजना गरिने घोषणा पनि गर्नुभयो।कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पुस्तक प्रकाशनलाई धादिङका कर्मचारीहरूको अध्ययनशील र सिर्जनात्मक सोचको उदाहरणका रूपमा व्याख्या गर्नुभयो। उहाँले जनताको सेवा गर्ने उद्देश्यले आएका कर्मचारीहरूले आफ्नो व्यस्तताको बाबजुद पनि समय निकालेर यस्तो उपयोगी कृति तयार पार्नु सराहनीय भएको बताउनुभयो।मन्त्री अधिकारीले दुर्गम क्षेत्रबाट सदरमुकाम आउने नागरिकहरूले पाउनुपर्ने आवश्यक सेवासुविधा प्रदान गर्न कर्मचारीहरूले अझै जिम्मेवारीका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो।त्यसैगरी, प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले ‘आँखुको सुसेली’ जस्तै धादिङको प्राकृतिक सौन्दर्य र सामाजिक परिप्रेक्षलाई उजागर गर्न सक्ने ‘बुढीगण्डकीको सुसेली’ जस्ता कृतिहरू प्रकाशन गर्न प्रेरणा प्रदान गर्न आग्रह गर्नुभयो।

source:neelkanthafm

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web