धादिङ ।
खनियाबास गाउँपालिका वडा नं.२ अक्थलीमा वडास्तरीय महिला र टोलस्तरिय पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । माघे सक्रान्तिको अबसरमा आयोजना हुने सो फुटबल प्रतियोगिता यहि पौष २३ गते सुरु हुने र माघ ३ गते समापन कार्यक्रम रहेको खनियाबास गाउँपालिकाका पशुसेवा शाखा प्रमुख अमृत तामाङले जानकारी दिनुभयो । साथै माघ ३ गते तामाङ जातिको सस्कृतिलाई जगेर्ना गर्दै रितिरिवाजअनुसारको राष्ट्रिय तथा मेन्दोमाया वरिष्ठ कलाकारहरुको उपस्थितिमा भब्य कार्यक्रमसमेत हुने भएकोले सम्पूर्णमा उपस्थितिको लागि आयोजक समितिले आमन्त्रण गरिएको छ ।समृद्द अक्थली युवा समाजको आयोजनामा हुने कार्यक्रमको सहआयोजकको रुपमा अक्थली आमा समुह रहनुभएको छ ।यस कार्यक्रमलाई भब्य तथा सभ्य रुपमा सफल पार्नको लागि देश तथा बिदेशमा रहनुहुने खेलप्रेमी महानुभावहरुमा आर्थिक तथा भौतिक सहयोगको समेत अपेक्षा गरिएको छ ।